पुष, १० । अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटनामा परेको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू रहेको बताइएको छ।
अजरबैजान एअरलाइन्सको उक्त जहाज खसेपछि उद्धारका लागि आकस्मिक सेवाका अधिकारीहरू नजिक जाँदै गर्दा त्यसमा आगो लागेको थियो। पछि जहाजमा लागेको आगो निभाइएको छ। काजाकस्तानका आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com