पुष । भारतका प्रसिद्ध गायक सोनु निगम काठमाडौं आउनुभएको छ । सोनु निगम लाइभ इन नेपाल सांगीतिक कार्यक्रमका लागि उहाँ बुधबार काठमाडौं आउनुभएको हो ।
काठमाडौंमा सोनु निगमलाई कमेडियन सन्दीप क्षेत्री लगाएत आयोजकले स्वागत गरेका थिए । काठमाडौं आएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उहाले समयको निकै चाप भएपनि नेपाली प्रशंसकलाई भेट्न आफु नेपाल आएको बताउनुभयो । उहाले नेपाल आउदा निकै उत्साहीत भएको उल्लेख गर्नुभयो । नेपाली टच नेपालले क्रिसमसको अवसर पारेर सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com