पुष, १४ । सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र रक्षा मन्त्री मानवीर राईको विशेष उपस्थितीमा आज नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा मन्त्रीसहित संविधानसभा सदस्य एवं कोशी प्रदेश सभा सदस्यहरु अमृत अर्याल, बुद्धिकुमार राजभण्डारी, डोल्मा तामाङ, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण निरौला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा, प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे, नेकपा एमालेका अध्यक्ष डुफकुमार बास्तोला लगायत जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख, पत्रकार, सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सिलान्यास गरिएको नगरपालिकाको प्रशासनिक भवन रु, ६ करोड २६ लाख ४१ हजार ५ सय ८६ मा निर्माण हुनेछ । जसका लागि निर्माण कम्पनीले आगामी वर्षको चैत मसान्तसम्ममा सक्नेगरि सम्झौता गरेको नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । यसअघि नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्न १० करोड ६६ लाख ८० हजार ४ सय ५७ मा लागत अनुमान गरि स्वीकृत गरेको थियो । तर, निर्माण व्यवसायी – RCH PR HB JV काठमाण्डौ महानगरपालिका वडा नं. ३२ ले ईष्टिमेट रकम भन्दा ३१.२७ प्रतिशत कम रकममा अर्थात् रु ६ करोड २६ लाख ४१ हजार ५ सय ८६ बराबरको रकममा निर्माण कार्य गर्न सम्झौता भएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com