काठमाडौँ । मनोजकुमार ज्ञवाली नविल बैँकको सिनियर डिसिइओमा बढुवा भएका छन् । बैंकको संचालक समितिले ज्ञवालीलाई आयत्बार देखि लागु हुने गरि बढुवा गरेको हो । उनीसँगै बैंकमा दुई जना सिनियर डेपुटी सीइओ भएका छन् ।
सुजित शाक्य यसअघि नै नविल बैँकमा सिनियर डेपुटी सीइओका रुपमा कार्यरत थिए । नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका ज्ञवाली पछि डेपुटी सीइओ हुँदै अव सिनियर डेपुटी सीइओ बनेका छन् ।
मनोज ज्ञवाली एक कुशल बैँकर्श मात्रै होइन, वित्तिय क्षेत्रमा संचारमैत्री व्यक्तिका रुपमा चिनिन्छन् । बैँक तथा वित्तिय सन्देशका लागि उनका अभिव्यक्तिहरु सामाजिक संजालहरुमा दर्शकहरुले खुबै रुचाएर सुन्ने गर्दछन् ।
बैँक तथा वित्त सम्वन्धी जानकारीका लागि उनलाई मानिसहरुले मनोज ज्ञवालीलाई फलो गर्ने गर्दछन् ।
यस अघि मनोज ज्ञवालीले ज्योती विकास बैँकमा दुई वर्षभन्दा लामो समय सिइओ भएर काम गरेका थिए । त्यसअघि नेपाल राष्ट्र बैंकमा पनि काम गरिसकेका छन् । उनी चार्टर्ड अकाउन्टेन्ट पनि हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com