राधा ढुंगाना ।
काठमाण्डौ । धादिङको रोराङ गाउँपालिकाले शैक्षिक उन्नयनका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले शैक्षिक विकासका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिएका छन् । सप्ताह ज्ञान महायज्ञबाट संकलित रकमबाट गाउँपालिकाले विपन्न तथा असहाय विद्यार्थीहरुको शिक्षामा लगानी गर्ने अध्यक्ष थपलियाको भनाई छ ।
ज्ञान महायज्ञ आगामी माघ १७ देखि २३ गतेसम्म गाउँपालिकाको वडा नम्बर ७ स्थित चरौँदी खेलमैदानमा आयोजना हुँदैछ । प्रसिद्ध कथावाचिका राधिका दासीले ज्ञानमहायज्ञमा कथा बाचन गर्नुहुनेछ । यो महायज्ञबाट संकलित रकमलाई आवासिय विद्यालयका लागि शैक्षिक कोष खडा गरिने र विपन्न तथा असहाय विद्यार्थीको निशुल्क शिक्षामा लगानी गर्ने गाउँपालिकाको योजना रहेको छ ।
निर्वाचित भएपछि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका गाउँपालिका अध्यक्ष थपलियाले गाउँपालिकाभित्रका सवै बालबालिकाको शिक्षा निशुल्क गर्ने उद्धेश्यले काम गरिरहेका छन् । अध्यक्षले निर्वाचित लगत्तै शैक्षिक आवासिय विद्यालय निर्माण गरेर २ सय ७० जना विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्थापन मिलाएका छन् । आफ्नो कार्यकालभरि गाउँपालिकाका सवै विद्यार्थीहरुको निशुल्क अध्ययनका लागि आफुले पहल गरिरहेको अध्यक्ष थपलिया बताउँछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com