राधा ढुंगाना
काठमाण्डौ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सम्पदा माविले जितेको छ । लिसंखु पाखर गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सम्पदा माविले १९ स्वर्ण, १० रजत र ६ कास्य गरी जम्मा ३५ पदकसहित उपाधि जितेको हो । अहिलेसम्म सम्पदा माविले लगातार तीन पटक रनिङ शिल्डको उपाधि जित्न सफल भएको छ ।
यस्तै, बुद्धोदय मावि ७ स्वर्ण, १२ रजत र ५ कास्य गरी २४ पदकसहित द्वितीय भएको छ भने निगाले मावि ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी १३ पदकसहित तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालयहरूलाई क्रमशः रू १५ हजार, १२ हजार र १० हजार नगदसहित सम्मानपत्र, मेडल र शिल्डद्वारा सम्मान गरिएको छ । वडा नं. ४ सिक्रे स्थित खेलकुद मैदानमा भएको प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरू सहभागि बनेका थिए ।
लिसंखुपाखर गाउँपालिकाले ’’स्वस्थ, सुखी र समृध्द लिसंखु पाखर ः पर्यटन, जलश्रोत, शिक्षा र कृषिमा आधुनिकीकरण र आत्मनिर्भर’’ भन्ने नारासहित रनिङ शिल्ड प्रतियोगिता पुष १६ गतेदेखि १८ गतेसम्म आयोजना गरेको हो । सांसद माधब सापकोटा (सुबोध)को प्रमुख आतिथ्यता तथा निवर्तमान गाउँपालिका अध्यक्ष कमलप्रसाद नेपाल, गाउँपालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवि लामासहित जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रमको आज समापन गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com