काठमाण्डौ । नेपाल लोकतान्त्रिक खेलकुद संघले अदालतको फैसलालाई नै अपहेलित गर्ने गरि निर्वाचन गरेको भन्दै ओलम्पिक कमिटीलाई कडा कारवाही गर्न माग गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अदालतको आदेशको अवहेलना गर्ने कमिटी, निर्वाचनमा सहभागी हुने संघहरु र व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको हो ।
आफ्नो स्वार्थ पुरा गर्नका लागि कमिटीले निर्वाचन समेत नगरि बसेका संघलाई मान्यता दिइ गरेको निर्वाचन कार्यको घोर भत्र्सना गरिएको संघले जनाएको छ । संघका महासचिव दिपक गुरुङले सर्वोच्च अदालतको निर्णयलाई अपहेलित गर्ने व्यक्ति, संघ र कमिटीलाई अदालतको अपहेलना मुद्दासहित कडा भन्दा कडा कारवाही गरि अदालतबाट भएको आदेश कार्यान्वयन गराउन सरकारसंग माग गर्नुभयो ।
उहाले लोकतान्त्रिक खेलकुद संघ विधिको शासनको विश्वास गर्ने संस्था भएकाले यस्ता गैरअवैधानिक कार्यको सदैव निन्दा र विरोध गर्ने जिकिर गर्नुभयो । सर्वोच्च अदालतले तत्कालका लागि ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश दिएपनि कमिटीले निर्वाचन गरेको थियो । यस्तै राष्ट्रिय खेलकुद परिषद राखेपले पनि ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी बनेका २७ खेलकुद संघलाई स्पष्टिकरण सोधेको छ । अदालतको आदेश र सरकारको बारम्बारको निर्देशनलाई अवज्ञा गर्दै निर्वाचनमा सहभागी भएको भन्दै राखेपले ओलम्पिकमा आबद्ध २७ संघलाई स्पष्टिकरण सोधेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com