काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ सभापति दुजाङ शेर्पमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । नेविसंघ इतर समूहका नेताहरुले शेर्पाविरुद्ध उजुरी दिएका हुन् । नेविसंघ केन्द्रिय सदस्य प्रेमिका राना मगरको नेतृत्वमा गएको नेताहरुको टोलीले अनुशासन समितिमा उजुरी गरेको हो ।
केन्द्रीय अध्यक्ष शेर्पाले विभिन्न क्याम्पसमा केन्द्रीय प्रतिनिधि पठाउँदा वा सङ्गठनका विभिन्न संरचनाका जिम्मेवारी तोक्दा आर्थिक लेनदेन गर्ने होटेल तथा रेस्टुरेन्टका बिल तिर्न लगाउने गरेको उल्लेख गर्दै कारबाहीको माग गरेका छन् । नेविसंघ शेखर समूहका केन्द्रीय सदस्यहरूले केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानालाई आइतबार भेटेर केन्द्रीय कार्यालय निवेदन दर्ता गराएको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।
‘काठमाडौँ उपत्यका भित्र रहेका निर्वाचित स्ववियू सभापतिहरूलाई केन्द्रीय कार्यालयको भाडा तिर्न रकम देऊ भन्दै दबाब दिने जस्ता अनैतिक गतिविधिले स्वर्णिम इतिहास बोकेको गरिमामय संस्था नेपाल विद्यार्थी सङ्घको साखलाई धमिल्याउन सङ्गठनको नेतृत्व नै लागिपरेको कुरा अवगत गराउँदछौ‚’ उजुरीमा लेखिएको छ ।
यस्तै, वैदेशिक भ्रमणका नाममा नेविसंघ केन्द्रीय सदस्यहरूबाट मोटो रकम असुली गरी गलत जानकारी दिएर ठगी गरेको आरोप लगाउँदै छानबिन गर्न माग समेत गरिएको छ । उनीहरुले केन्द्रीय सदस्य धर्माज शाहि, जगतजंग विष्ट, राजकुमार भट्टराईलगायतलाई झुटा जानकारी दिएर रकम लिएर ठगी गरेको आरोप लगाएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com