भोजपुर । मुन्दुम कप २०८१ को उपाधी हिले फुटबल एशोसिएशन धनकुटाले जितेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा भएको मुन्धुम कपमा श्री नयाँ श्रीनाप गण भोजपुरलाई हराउँदै हिले फुटबल एशोसिएशन धनकुटाले उपाधी जितेको हो । उपाधी जितेसँगै हिले फुटबल एशोसिएशनले १ लाख २५ हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता टीम श्रीनयाँ श्रीनापगण भोजपुरले ७५ हजार पुरस्कार पाएको छ । यस्तै सेमिफाइनलिष्टमा पुगेका भोजपुरको कोदार फुटबल क्लब र सुनसरीको सिर्जनसिल युवा क्लब दुहबीले दश दश हजार पुरस्कार पाएका छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक सहयोग र छिन्नमखु युवा समाजको आयोजनामा खुल्ला पुरुष फटबल प्रतियोगिता आयोजना गरिएको हो । गत पुष २२ गतेबाट सुरु भएको खुल्ला पुरुष फटबल प्रतियोगितामा आयोजकसहित ९ वटा टीम सहभागि बनेका आयोजक संस्था छिन्नमखु युवा समाजका अध्यक्ष रुवालुङ राईले बताएका छन् ।
खेलको माध्यमबाट मुन्दुम पदमार्गको पर्यटन प्रबद्र्धन हो भन्ने उद्धेश्यले गाउँपालिकाले खेलको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com