काठमाण्डौ । हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यस वर्षको मूल समारोह कीर्तिपुर नगरपालिकामा आयोजना हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पले सिकाएको पाठ ः बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ भन्ने नाराका साथ यस बर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउन लागिएको जनाएको हो ।
दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रमका प्रधानमन्त्री केपी शर्मा ओली लगाएतको उपस्थीति रहने बिभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभयो । कीर्तिपुरस्थीत बिपी कोइराला मेमेरियल विज्ञान संग्राहलय परिसरमा हुने कार्यक्रम अघि कीर्तिपुरका बिभिन्न स्थानबाट जनचेतनामूलक र्याली निकालिने उहाले बताउनुभयो । दिवसका अवसरमा मूल समारोहका साथै देशैभर गोष्ठी छलफल, र्याली अन्तक्र्रिया, प्रदर्शनी लगाएका कार्यक्रमको आयोजना समेत गरिएको महानिर्देशक महर्जनले जानकारी दिनुभयो ।
भूकम्पीय जोखिम न्यूनिकरण गर्न पूर्व तयारीदेखि भूकम्प पश्चातको पुनस्र्थापनासम्मका कार्यहरु बिभिन्न निकायबाट प्रभावकारी रुपमा भइरहेको बिभागले जनाएको छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com