काठमाडौँ । गायक हेमन्त खालिङ र गायिका उर्मिला खालिङले स्वर दिएको खालिङ भाषाको गीत नु ९मन०को भाग २ सार्वजनिक गरिएको छ । काठमाडौँको सुकेधारा स्थित एक पाटीप्यालेसमा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री मानवीर राई भिडियो सार्वजनिक गरेका हुन् । रक्षामन्त्री राईले खालिङ भाषाको जर्गेनामा गीतले ऐतिहासिक महत्व राख्ने बताए ।
कार्यक्रममा किरात खालिङ उत्थान संघका केन्द्रीय उपाध्यक्ष जय कुमार खालिङ, जिमी राई उत्थान समाज सोलुका अध्यक्ष यस बहादुर राई, थुलुङ राई सामाका केन्द्रीय अध्यक्ष भलाकाजी राई, किरात राई चलचित्रकर्मी संघका अध्यक्ष तथा हाँस्यकलाकार बबिन राई ९गल्फने बाजे०, किरात खालिङ राई उत्थान संघका सल्लाहकार मानवीर खालिङ, माप्य दुधकोशी गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश खालिङ राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुले खालिङ भाषाको गीतको सफलताको शुभकामना दिएका थिए भने नु ९मन० भाग ३ को अपेक्षा समेत राखेका थिए ।
उर्मिला खालिङको गीत, निर कुमार खालिङको संगीतमा तयार भएको माया प्रेममा आधारित छ । कलाकारिताको क्षेत्रबाट किरात खालिङहरुको भाषा, भेषभूषा, सांस्कृतिक पहिचानलाई संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धन गर्ने उद्देश्यका साथ नु ९मन० गीत र भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । खालिङ समुदायभित्रको संस्कार र संस्कृतिमा आधारित म्यूजिक भिडियो मार्फत भौगोलिक रुपमा टाढा रहेका प्रेमीप्रेमीकाले विगतलाई स्मरण गरेको विषयलाई उठान गरिएको संगीतकार तथा निर्देशक निर कुमार खालिङ राईले बताए ।
गीतमा एरेन्ज कार्साङ लामाको छ । निर कुमार खालिङको निर्देशनमा तयार भएको भिडियोमा तिलक खालिङ ९रामरिसलाल०, सोनी राई, जिम्बे खालिङ, जुनिता खालिङ, मिलन खालिङ र नुमी खालिङको अभिनय रहेको छ । भिडियो छायांकन गंगाराम खालिङले गरेका हुन् भने विक्रम गौतम र राकेश रानापालको श्रृंगार रहेको छ । गीतको छायांकन सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको विभिन्न स्थानमा गरिएको थियो ।
NU-2 नु(मन) २ || Urmila Khaling | Hemanta Khaling Ft. Tilak|Zimbey|Soni|Junita || Khaling song 2081
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com