सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसङ्खुपाखरमा भएको ट्रक दुर्घटनामा मृतकका परिवारलाई लिसङ्खुपाखर गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले मृतक दावा छिरिङ तामाङको परिवारलाई १ लाख आर्थिक सहयोग गर्ने अध्यक्ष राजु लामाले जानकारी दिए । योसगै तामाङको २ जना छोरा र छोरीलाई कक्षा १२ सम्म निशुल्क अध्ययनको जिम्मा पनि गाउँपालिकाले लिने अध्यक्ष लामाले बताए । पीडित पक्ष र ट्रक कन्टेनरको तर्फबाट मृतकको परिवारलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने, क्रिया खर्चका लागि ५० हजार दिने र २२० पल्सरको क्षतिपुर्ती दिने सहमति भएको छ । सो सहमतिपछि अरनिको राजमार्ग र जिरी राजमार्गमा भएको अबरुद्ध सडक खुलेको छ । अबरुद्ध सडक खुलाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन गाउँपालिका अध्यक्ष लामासहित आफन्त र वडा नम्बर ७ का अध्यक्ष दिनेश लामा तथा प्रहरीको प्रयासमा सफल भएको हो । हिजो लिसङ्खुपाखर गाउँपालिकाको वडा नम्बर ७ स्थित ८ किलोमा ट्रकको ठक्करबाट स्थानीय दावा तामाङको घटनास्थलमा मृत्यु भएको थियोे । मधेस प्रदेश ०३०२ ख ०५३४ नम्बरको ट्रकले पल्सर बाइकलाइ ठक्कर दिएको थियो । त्यसपश्चात मृतकका आफन्त र स्थानीयले क्षतिपूर्ति लगायतका माग राखेर सडक अबरुद्ध पारेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com