राधा ढुंगाना ।
सिन्धुपाल्चोक । सिन्दुर्चे यस्तो ठाउँ जहाँबाट थ्रि सिक्स्टी डिग्रीमा हिमाल देखि पहाडका दर्जनौँ थुम्काहरुको आनन्द लिन सकिन्छ । काठमाडौँबाट एकदम नजिकको दुरीमा रहेको पर्यटनका हिसावले भर्जिन ल्याण्ड भन्दा फरक नपर्ने सिन्दुर्चे । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ मा रहेको सिन्दुर्चे आइपुग्न सदरमकाम चौताराबाट जम्मा एक घण्टा सवारी दुरी हो । नजिकै जुगल, गणेश र गौरीशंकर हिमश्रृङखला अवलोकन गर्न सकिन्छ । हिमालका मुनीतिर पहाडका दर्जनौँ चुचुराहरु, सूर्याेदय र सूर्यास्तको बेजोड आनन्द सिन्दुर्चेका विशेषता हुन् ।
सामुन्द्रीक सतहबाट करिव २५ सय मिटरको उचाईमा रहेको सिन्दुर्चेको प्रवद्र्धनका लागि जुगल गाउँपालिकाले विशेष प्याकेज बनाएको छ । जुगल गाउँपालिकाले सिन्दुर्चेमा भ्यु पोइन्ट निर्माण गर्दैछ । नझुक्कीनु होला भ्युटावर चाहीँ होइन । यो जुन संरचना गाउँपालिकाले बनाइरहेको छ यसको सबैभन्दा माथि बुद्धको मुर्ती राख्दैछ । मलेसियादेखि उपहारको रुपमा प्राप्त भएको २१ हजार किलोको मुर्ति गाउँपालिकामा आइपुगीसकेको छ । माथि मुर्ति तल ध्यान केन्द्र वा अध्ययनस्थल बनाइनेछ ।
प्राकृतिक सौन्दर्यता अवलोकनका लागि सिन्दुर्चेमा कुनै भ्युटावरको जरुरी छैन । अहिले भ्युपोइन्ट सम्मै मोटरबाटो पुर्याइएको छ । भ्युपोइन्टका लागि अहिले धमाधम काम भइरहेको छ । भ्यु पोयन्ट मात्रै होइन छेवैमा एक सय ८ शिव लिंग बन्दै छ । छेवैमा रहेको प्राकृतिक पोखरी छ जसलाई थप सौन्दर्यकरण गर्ने काम दु्रत गतिमा भइरहेको छ । भ्युपोयन्टमा पुगनका लागि एक आकर्षक सिंडी निर्माण भइरहेको छ । जुगलकै सिलेट ढुंगालाई उपयोग गरि सिंडी निर्माण गरिएको हो । अहिले गाउँपालिकाले सिन्दुर्चेको पूर्वाधार विकासलाई जोड दिएको छ । गाउँपालिकाले आफ्नै बजेटमा निर्माण गरिरहेको यो आयोजनालाई आफ्नो गौरवकै आयोजनाको रुपमा लिएको छ ।
क्याम्प फायर, होमस्टे वा सेल्फ टेण्ट स्टे गर्नका लागि पनि सिन्दुर्चेको यो डाँडा साह्रै गज्जबको ठाउँ हो । गाउँपालिकाले सिन्दुर्चेलाई सिंगै गाउँपालिका नजिकबाट नांगो आँखाले अवलोकन गर्न मिल्ने केन्द्रको रुपमा विकास गरिरहेको छ । सिन्दुर्चेबाट देखिने आधार क्षेत्रमा बगिरहेको ब्रम्हायणी नदी, माथि बस्तीहरु र अग्ला पहाडहरु हुँदै निलो सफा आकाशमा लहरै सेतो टल्कीएका हिमालहरु मुख्य आकर्षण हो । अहिले यहीँसम्म मोटरबाटो पुगिसकेको छ । बेलेफी जलविरे ढाँडे हुँदै गोल्चे उक्लीएर सिन्दुर्चे पुग्न सकिन्छ । तर दोलालघाटबाट चौतारा हुँदै लामिडाँडाबाट सिन्दुर्चे नजिक र सहज बाटो हो ।
भिडिओमा हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com