काठमाण्डौ । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । आइतबार ललितपुरमा बिशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसंगको समन्वयमा साप्ताहिक ट्राफिक सचेना कार्यक्रम शुभारम्भ गरेको हो ।
सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उदेश्यका साथ साप्ताहिक ट्राफिक सचेना कार्यक्रमको शुभारम्भ गरिएको ललितपुर महानगरका प्रमुख चिरिबाबु मर्हजनले जानकारी दिनुभयो । उहाले ललितपुर महानगरभित्र रहेका स्मार्ट ट्राफिक लाइट २४ सै घण्टा सञ्चालन हुने बताउनुभयो । स्मार्ट ट्राफिक लाइटको नियम उलंघन गरेको विवरण सिस्टममा रेकर्ड हुने भएकाले नियम उलंघन गर्नेलाई अव कारवाही गर्ने उहाले बताउनुभयो ।
साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ललितपुरको महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरुले चोक चोकमा बसेर ट्राफिक सचेतना प्रदान गर्ने बताइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com