काठमाण्डौ । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको बताउनुभएको छ । आइतबार सिंहदरबारमा आयोजित हुलाक सेवाको पुनसंरचना अनुसार एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा मन्त्री गुरुङले यसअघिको सरकारका कारण हरेक क्षेत्रमा अस्तव्यस्त भएकाले वर्तमान सरकारले त्यसलाई सुधार गर्न खोजेको बताउनुभयो ।
अत्यावश्यक क्षेत्रलाई छिटो भन्दा छिटो सुधार गर्नकै लागि सरकारले अध्यादेश ल्याउनुपरेको उहाले बताउनुभयो । मन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाट्ने काम नगर्न सुझाव समेत दिनुभयो । मन्त्री गुरुङले मुलुकको स्थायी सरकार कर्मचारीतन्त्र भएपनि यसमा नै सवैभन्दा बढि राजनीतिकरण भएकाले सरकारले सिस्टम बनाउन खाजेको बताउनुभयो । सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्दै नियमन प्राधिकरण गठन गर्न सरकारले आवश्यक कानून ल्याउन खोजेको उहाले बताउनुभयो ।
मन्त्री गुरुङले नेपालको हुलाक क्षेत्रलाई राज्यले सधै उपेक्षा गरेको भन्दै अव यसलाई आधुनिकिरण गर्दै अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com