काठमाण्डौ । नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको प्रविधि हो । यस्तो किसिमको प्रविधि एसियाको नौ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा. सुनिल शर्माले आफ्नै अस्पताल बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याएका हुन् । सांसद डा.शर्माले गरिब परिवारको निशुल्क स्वास्थ्य उपचारदेखि अत्याधुनिक स्वास्थ्य सामाग्रि खरिद गर्नेसम्मका काम गरिरहेका छन् । नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका डा. शर्माले क्यान्सर उपचारमा नयाँ मापदण्ड स्थापित गर्दै रेडिएसन थेरापी सेवा सुरु गराएका हुन् । जुन उपकरण तीन अर्ब ४० करोडको लगानी गरेर निर्माण गरिएको नयाँ भवनमा अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ ।
भेरियन कम्पनीको अत्याधुनिक रेडिएसन थेरापी उपकरण ‘एज’ उपकरण नेपालमा पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ ।
यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ । आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । ब्राकी थेरापीले विनादुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । रेडिएसन थेरापीका लागि विशेष बङ्करसहितको भवन निर्माण गरिएको छ भने ओपीडी, डे केयर, केमो थेरापी, शल्यक्रिया लगायतका सेवा सञ्चालनमा छन् ।
नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिनेछ । नोबेल मेडिकल कलेज अत्याधुनिक प्रविधिको प्रयोगबाट एसिया क्षेत्रकै अस्पतालको रुपमा स्थापित भएको छ ।
नोबेल मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माको हो । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन्। शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन्। डा शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्बाचन क्षेत्रका जनता लै जुनसुकै पार्टीका भएपनि निसुल्क क्याबिन राखिदिएका छन। साथै डा. शर्माले काठमाडौंको सिनामगल स्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनता लाइ निशुल्क उपचार गर्दै आएका छन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com