काठमाण्डौ । बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । ललितपुरको पुल्चोकमा स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्नुभएको हो । सहकारी नियमन प्राधिकरणको उद्घाटन गर्दै मन्त्री अधिकारीले अहिलेको आवश्यकता र मागका आधारमा प्राधिकरणले आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले प्राधिकरण गठन भएसंगै सहकारीको नियमन हुने र अनियमितता गर्नेमाथि छानविन हुने स्पष्ट पार्नुभयो । प्राधिकरण स्वायत्त र अधिकारसम्पन्न भएकाले कहिकतैबाट हस्तक्षेप नहुने उहाले बताउनुभयो । सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सहकारी क्षेत्रको सुधारका लागि प्राधिकरणको कार्यालय स्थापना गरिएको हो ।
प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्नेछ । नियम पालना नगर्ने सहकारीलाई कारवाही गर्नेसम्मको अधिकार प्राधिकरलाई दिइएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीलाई सपथ गराइएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com