काठमाण्डौँ । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्टा सो क्षेत्र जलमग्न भएको छ । बुधबार दिउसो एक्कासी मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको हो । मुख्य पाइप फुटेपछि बिजुलीबजारबाट माइतिघर जाने बबरमहलको सडकमा समेत क्षति भएको छ भने वरपरका सरकारी कार्यालय डुवान भएको छ ।
मुख्य पाइप फुटेपछि आवातजावतमा समेत समस्या भएको प्रहरीले जनाएको छ । मेलम्ची खानेपानी परियोजनाले सो क्षेत्रमा पानी आपूर्ति बन्द गरेको छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिछ्याउने क्रममा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको सडक बिभागले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com