काठमाण्डौ । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा ६ निवासी दिनेश हास्दा अब स्नातकोत्तर (MD/MS) अध्ययन गर्ने भएका छन्। नेपाली कांग्रेसका युवा नेता तथा सांसद सुनिल शर्माको सहयोगमा उनले निःशुल्क चिकित्सा अध्ययन गरेका थिए। नेपालकै सन्थाल (सतार) समुदायका पहिलो डाक्टर बन्न सफल हास्दा अत्यन्तै विपन्न परिवारमा जन्मिएका हुन्। उनका बुवा जेठा हास्दा र आमा देवी कुमारी हास्दा हुन्।उनि उनका बुवा आमाका पहिलो सन्तान हुन् भने उनि पछि १ भाई र एक बहिनि रहेका छन।
दिनेश हास्दाले आफ्नो प्रारम्भिक अध्ययन गाउँकै विद्यालयमा पूरा गरेका थिए। उच्च शिक्षाका लागि उनी सांसद डा. सुनिल शर्माको सहयोगमा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क अध्ययन गर्न सफल भए।नोबेल मेडिकल कलेज सांसद डा. सुनिल शर्माको रहेको छ।
दिनेश हास्दा आफ्नो कर्म दिने पिता डा .सुनिल शर्मालाई नै मान्छन ,सांसद डा. सुनिल शर्माले नेपालका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकलाई सेवा प्रदान गर्दै आएका छन्। स्वास्थ्य शिविरमा सम्भव नभएका बिरामीहरूको उपचार काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क गराउँदै आएका छन्।
त्यस्तै, उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका नागरिकका लागि, जुनसुकै पार्टीका भए पनि, निःशुल्क क्याबिनको व्यवस्था मिलाएका छन्। साथै, काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गराउँदै आएका छन्।सांसद शर्मा प्रतिनिधिसभाको एकमात्र तलब भत्ता नलिने सांसद रहेका छन्।
डा. सुनिल शर्माको निरन्तर सहयोग र समाजसेवाका कारण नै दिनेश हास्दा जस्ता विपन्न परिवारका प्रतिभावान विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्न अवसर पाइरहेका छन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com