काठमाण्डौ । नेपालमा स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ अत्याधुनिक उपकरण भित्राएर नागरिकको उपचार सेवालाई सहज र सरल बनाउँदै आएका व्यक्ति हुन् सांसद डा. सुनिल शर्मा । काठमाण्डौ मेडिकल कलेज, बिराटनगरस्थित नोबेल मेडिकल कलेज उनकै अस्पतालहरु हुन् । यी अस्पतालमा उनले नयाँ प्रविधि भित्राएर उपचारमा नयाँपन त दिएकै छन् त्यसमा पनि उनले विपन्न वर्गका नागरिकको स्वास्थ्य उपचारमा ठूलो टेवा पुर्याउँदै आएका छन् ।
यसैक्रममा डा.शर्माले स्याङ्जाका विपन्न बिरामीहरूको काठमाण्डौ मेडिकल कलेजमा निशुल्क उपचारको व्यवस्था मिलाएका छन् । स्याङ्जाका विपन्न बिरामीको निशुल्क उपचारका लागि स्याङ्जा क्षेत्र २ का सांसद धनराज गुरुङले सांसद शर्मासँग अनुरोध गरेका थिए । सांसद गुरुङको पहलमा आगामी चैत ४ गते स्याङ्जाका जिल्लावासिलाई केएमसी अस्पतालमा उपचार निःशुल्क गर्न डाक्टर सुनिल शर्मा सहमत भएका हुन् । सांसद गुरुङको यो पहल स्याङ्जाका निम्न आर्थिक वर्गका नागरिकहरूका लागि अत्यन्त राहतदायी बन्ने देखिन्छ । उपचारको लागि स्याङ्जाका नागरिकसँग आवस्यक समन्वय सांसद गुरुङको सचिवालयले गर्नेछ । एक दिने उपचारका क्रममा औसधि तथा औसधिजन्य सामान र खाना बाहेक अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटिस्क्यान, एमआरआई लगायत सबै निशुल्क गर्ने व्यवस्था मिलाइएको छ । तर बिरामीले उपचार गराउन आउँदा बिमा गराएको भए बिमा कार्ड अथवा विपन्नताको सिफारिस लिएर आउन भनिएको छ ।
डा.सुनिल शर्मा निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै हजारौं विरामीहरुलाई नवजीवन प्राप्त गर्न सारथीको रुपमा स्थापित परिचित व्यक्ति हुन् । अपरेसन गर्न नसकिरहेका, विभिन्न प्राणघातक रोगदेखि मिर्गौला प्रत्यारोपण सम्मको उपचार सेवा डा.शर्माले निःशुल्क रुपमा उपलव्ध गराउदै आएका छन् । डा. शर्मा सांसद भए वापत राज्यबाट कुनै तलब सुविधा समेत नलिने सांसद पनि हुन् । नेपालको जुनसुकै स्थानका नागरिकले आर्थिक अभावमा अकालमा ज्यान गुमाउन नपरोस भनेर डा.शर्माले निशुल्क स्वास्थ्य सेवाको व्यवस्था मिलाउँदै आएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com