काठमाण्डौ । इटहरा सरोकार समाज र काठमाडौं मेडिकल कलेज, सिनामंगलबीच स्वास्थ्य सेवा प्रदान सम्बन्धी विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा समाजका सदस्यहरूले ओपीडी उपचारमा २५ प्रतिशत र भर्ना भई उपचार गराउँदा ५० प्रतिशत छुट पाउने उल्लेख छ।
समाजका अध्यक्ष डा. बिष्णुप्रसाद दाहाल र काठमाडौं मेडिकल कलेजकी कार्यकारी अध्यक्ष सोईना शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा इटहरा सरोकार समाजका सदस्यहरू, विशेष गरी काठमाडौं उपत्यकामा बसोबास गर्ने सदस्य तथा उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ। नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सांसद डा.सुनिल शर्मा साथै इटहरा सरोकार समाजका अध्यक्ष डा. बिष्णुप्रसाद दाहाल र सदस्यहरु ,नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देसक इन्दिरा शर्मा बरालको पनि हस्ताक्षर कार्यक्रममा उपस्थ्ति रहेको थियो।
सम्झौता अनुसार, साधारण ओपीडी, भर्ना उपचारका साथै विशेष सेवाहरू छुट उपलब्ध हुनेछ। यद्यपि, स्वास्थ्य बीमा, औषधि, इम्प्लान्ट, सर्जिकल सामग्री, कन्सुमेबल आइटम्स तथा सरकारद्वारा निःशुल्क प्रदान गरिने सेवाहरूमा छुट लागू नहुने स्पष्ट गरिएको छ। सम्झौताको अवधि एक वर्ष कायम रहनेछ र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ। आपतकालीन सेवाका लागि अस्पताल र समाज बीच सम्पर्कमा रहने फोन नम्बरहरू समेत उपलब्ध गराइएको छ। काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सांसद डा. सुनिल शर्माको नेतृत्वमा सञ्चालित छ। डा.शर्माको नेतृत्वमा काठमाडौं मेडिकल कलेजले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ।
नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आउनु भएका डा। शर्माले, स्वास्थ्य शिविरमा सम्भव नभएका गम्भीर बिरामीहरूलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत निःशुल्क उपचारको व्यवस्था गर्दै आउनुभएको छ। उहाँले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि, जुनसुकै पार्टीका भए पनि, निःशुल्क क्याबिनको व्यवस्था मिलाउनुभएको छ भने काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आउनुभएको छ।
सांसद शर्मा प्रतिनिधि सभाका एक मात्र तलब भत्ता नलिने सांसद हुन्। उहाँले आफ्नो जीवन समाजसेवा र मानवताका लागि समर्पित गर्दै आउनुभएको छ। उहाँको यो महान कार्यले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ। यस्तो समाजसेवी पहलले लाखौं नेपाली नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com