काठमाण्डौँ । खानेपानीमन्त्री प्रदीप यादवले यसबर्षको बर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताउनुभएको छ । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यसबर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताउनुभएको हो । बर्षायाममा मेलम्ची खोलाबाट नभइ नजिकैको अर्को खोलाबाट पानी ल्याइने उहाले बताउनुभयो । त्यस्तै उहाले शिवपुरी लगाएतका स्रोतबाट व्यवस्थापन गरेर भएपनि उपत्यकाबासीलाई खानेपानीको कमी हुन नदिने दावी गर्नुभयो ।
मन्त्री यादवले बबरमहलमा खानेपानीको पाइप फुटेको बिषयमा छानविन समिति बनाइएको भन्दै पाइपको गुणस्तर जाच्ने प्रविधि नेपालमा नहुदा समस्या भएको बताउनुभयो । पाइपको गुणस्तरको जाँचका लागि भारत पठाउदा सिमामा नै रोकिएको उहाले गुनासो गर्नुभयो । मन्त्री यादवले खानेपानीमा तीनै तहको सरकार मिलेर शत प्रतिसत लगानी राज्यले गर्ने उल्लेख गर्नुभयो ।
उहाले देशका सवै स्थानका नागरिकलाई स्वच्छ खानेपानी पुराउने मन्त्रालयको लक्ष्य भएपनि बजेटका कारण केहि समस्या आएको बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com