काठमाडौँ । जय नेपाल फाउन्डेसन सोलुखुम्बुले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामन आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदसइ एवं पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाको प्रमुख आतिथ्यतामा काठमाडौँमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको हो । उक्त अवसरमा नयाँ वर्ष २०८२ को भित्ते पात्रो पनि सार्वजनिक गरिएको छ । जय नेपाल फाउण्डेश सोलुखुम्बुले भित्तेपात्रो तयार पारेको फाउण्डेशनका अध्यक्ष नविन थापाले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै नेता शेर्पाले २०८२ साल राजनीतिक स्थायित्व र लोकतान्त्रिक गणतन्त्रलाई स.स्थागत गर्नमा अझै महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । २०८४सम्म काँग्रेस एमालेको गठवन्धन सरकार कायम रहने र त्यसले देशलाई राजनीतिक स्थायीत्वकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने उनको भनाई छ ।
यस्तै विशेष अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा गोविन्दराज पोखरेलले नयाँ वर्षलाई देश र समाजको एकताको प्रतिक बनाउन पर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा जयनेपाल फाउन्डेसनका केन्द्रीय अध्यक्ष वद्रि अर्याल, टानका वरिष्ठ उपाध्यक्ष एवम नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति कर्मा शेर्पा, सोलुदुधुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङ, नेताहरु राम बहादुर बस्नेत, गणेश बहादुर बस्नेत, देबेन्द्र बस्नेत, दावागेलु पाख्रीन लगायतको उपस्थिति रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com