काठमाण्डौँ, राधा ढुंगाना ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका देशकै दोस्रो कम बेरुजु हुने स्थानीय तह बनेको छ । महालेखा परिक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा सोलुदुधकुण्ड नगरपालिका देशभरबाट बेरुजु कम हुने पालिकाको दोस्रो स्थानमा परेको हो ।
उक्त प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/०८१मा नगरपालिकाको कुल १ अर्ब ५८ करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको बजेटको लेखापरीक्षण गर्दा जम्मा ०.०१ प्रतिशत, अर्थात् १ लाख २१ हजार ८ सय रुपैयाँ मात्र बेरुजु देखिएको छ । यस उपलब्धिले सोलुदुधकुण्ड नगरपालिकालाई देशभरका ७ सय ५३ स्थानीय तह मध्ये राष्ट्रिय स्तरमा दोस्रो र कोशी प्रदेशमा पहिलो स्थानमा पुर्याएको छ ।
नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै लेखेको छ, ‘यो उपलब्धि कुनै संयोग नभई सक्षम, जिम्मेवार र जनप्रतिबद्ध नेतृत्वको प्रतिफल हो । हाम्रो नेतृत्व लोकतान्त्रिक अभ्यासमा आधारित छ, जसले पारदर्शिता, सेवा–मुखी शासन र बनवत्तरदायी प्रशासनलाई प्राथमिकतामा राखेको छ ।’
नगरपालिकाले निरन्तर रूपमा जनउत्तरदायी, पारदर्शी र परिणाममुखी स्थानीय शासनको अभ्यास गर्दै आएको नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । यस्तै, नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ्ले नगरपालिकाको सुशासन र बित्तिय अनुशासनप्रतिको प्रतिबद्धतालाई पुष्टि गर्ने खालको प्रमाण स्वरूप महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com