
काठमाण्डौँ । सांसदहरुले उखुकिसानको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसको प्रतिनिधिसभा बैठकमा उनीहरुले सरकार गम्भीर नहुदा उखुकिसानहरु पटक पटक आन्दोलनमा उत्रिनुपरेको भन्दै उखुकिसानको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा कांग्रेस सांसद एनपी साउदले नेपाल कृषिप्रधान देश भएपनि उखुकिसानहरु अन्यायमा परिरहेको बताउनुभयो । उहाले सरकारबाट प्राप्त हुने अनुदान र बक्तौता नपाउदा किसानहरु फेरि माइतिघरमा आन्दोलन गर्न बाध्य भएकाले छिटो भन्दा छिटो उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाले २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आइरहेका उखु किसानहरू हरेक पटक आन्दोलनमा सरकारबाट समस्या समाधानको आश्वासन पाएपनि समस्या भने अझै समाधान नभएको उल्लेख गर्नुभयो । सांसद साउदले राष्ट्रिय हित अनुकूल हुने गरी चिनीको आपूर्ति सन्तुलनका लागि सरकारले आवश्यक नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बिगतको बक्यौता पनि नपाउने र यस बर्ष अनुदान पनि घटाउने सरकारको निर्णयले उखुकिसान समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम सरकारले भुक्तानी नगरेको उहाले बताउनुभयो । उहाले उखुकिसानको माग सम्बोधन गर्न माग गर्नुभयो ।
त्यस्तै एमाले सांसद अच्युत प्रसाद मैनालीले उखुकिसानलाई उपलव्ध गराउदै आएको अनुदान उपलव्ध गराउन र किसानहरुका माग दिर्घकालीन समाधान हुने गरि वार्ता गर्न माग गर्नुभयो ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com