
काठमाण्डौँ । जेनजी आन्दोलनले बागमती प्रदेशका अधिकांश मन्त्रालय भवन ध्वस्त छन् । आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा मन्त्रालयहरू खण्डहर बनेका छन् ।
तर, संस्कृति तथा पर्यटन मन्त्रालयसहित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय जल्नबाट जोगिएका छन् ।
सचिव दिपेन्द्र सुवेदीका अनुसार संस्कृती तथा पर्यटन मन्त्रालयमा कुनै पनि किसिमको तोडफोड वा आगजनी भएन । आन्दोलन चर्किने संकेत देखिएलगत्तै आफुले मन्त्रालयको बोर्ड तथा प्रयोगमा रहेका सबै सवारीसाधन तत्काल सुरक्षित स्थानमा सार्न लगाएपछि मन्त्रालय क्षति हुनबाट जोगिएको सचिव सुवेदीको भनाई छ । सुवेदीले गत आइतबारदेखि नै कार्यालयको कामकाज सुरु गरिएको जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा भएको आगलागीका कारण बागमती प्रदेश सरकारको७ वर्षे तथ्याङ्क तथा संरचना खरानी बनेका छन् । मन्त्रालयका कोठादेखि महत्त्वपूर्ण विवरण सहितका कागजातहरू जलेर नष्ट भएका छन् ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com