
काठमाडौं । एउटी गर्भवती महिला शिशुलाई जन्म दिन आफेँ स्कुटी चलाएर भक्तपुरको मध्यपुर अस्पतिाल पुगिन् । बच्चालाई स्वस्थ जन्म पनि दिइन् । तर अस्पतालको गम्भीर लापर्वाहीले आफूले चाहीँ ज्यान गुमाइन् । एकदमै मर्मस्पर्शी र हृदयविदारक घटनाले आज यो अस्पतालमा अशान्ति छायो । एक स्वस्थ सुत्केरी महिलाको ज्यान लिएको भन्दै अस्पतालप्रति मृतकका परिवार आक्रोशित बने ।
ठिमीमा रहेको मध्यपुर अस्पतालमा उपचारका लागि जाँदै हुनुहुन्छ भने एक पटक सोचीविचार गर्नुहोस । तपाईको पनि ज्यान यसरी नै समाप्त पारिदेलान् । किनकी यो अस्पतालको लापर्वाहीबारे एक पटक मात्रै होइन पटक पटक विरामीको गनासो बाहिर आउने गरेको छ । अहिले त एक सुत्केरी महिलाको ज्यानै लिएको छ यो अस्पतालले ।
भक्तपुरको मध्यपुर थिमि ४ मा रहेको मध्यपुर अस्पतालमा चिकित्सकको लापरबाहीका कारण खोटाङकी दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका १४ की बारा घिमिरे वास्तोलाले अल्पायुमै ज्यान गुमाउनु परेको हो । मंगलवार श्रीमान् तेज बास्तोलाको साथमा आफैंले स्कूटर चलाएर गएकी गर्भवती बारालाई अस्पतालले भर्ना गरेको थियो । भर्ना हुना साथै बारालाई नियमित रुपमा चेकजाँच गर्दै आएकी चिकित्सक अमिला श्रेष्ठले अप्रेसन गर्नु पर्ने हुन सक्ने भन्दै औषधी दिएकी थिएन् । पछि अप्रेसन गर्न परेन, भोली पल्ट बुधवार बिहान अन्दाजी ८ बजे बिहान बाराले बच्चालाई सामान्य रुपमै जन्म दिइन् । बच्चालाई जन्म दिए लगत्तै बाराको रक्तश्राव हुने क्र्म रोकिएन् । बारालाई नियमित हेर्दै आएकी चिकित्सक भने त्यो समयमा अस्पताल भन्दा बाहिर रहेको र पछि आएर टाका लगाउँदा पनि रक्तश्राव नरोकिएको मृतकका आफ्न्तले जानकारी दिएका छन् । त्यसपछि चिकित्सक अमिलाले पाठेघर काटेर फाल्नु पर्छ भन्दै अप्रेसन गरी पाटेघर फालेपछि थप रक्तश्राव भएर मृतकको ज्यान गएको आफ्न्तको आरोप छ । अप्रेसन गरेपछि ६ पिन्ट रगत आवश्यक पर्नेमा क्रस म्याच गराउँदा एक पिन्ट मात्रै रगत चढाउन मिलेको र शरीरमा रगतको मात्रा कम भए पछि बाराको ज्यान गएको मृतकका आफ्न्तको भनाइ छ ।
बाराको मृत्य भएपछि आफ्न्त र छिमेकी अस्पताल घेर्न पुगेपछि केही तनावको स्थिति बन्यो । लापरबाहीले सुत्केरीको ज्यान गएको भन्दै आफ्न्तहरुले लापरबाही गर्ने चिकित्सकको लाइसेन्स खारेज गर्न माग गरेका छन् ।
आफ्नो परिवारको सदस्यले ज्यान गुमाएपनि आगामी दिनमा अरुले ज्यान गुमाउन नपरोस भन्नका लागि अस्पताललाई समेत कारबाही गर्न आफ्न्तको माग छ । मृतक बाराले गर्भवती हुनु अघि देखि नै चिकित्सक अमिलासंग परामर्श लिदै आएको पनि खुलासा भएको छ । मृतक बारा सरकारी कर्मचारी समेत थिइन् , उनी भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा विगत ८ वर्ष देखि जागिरे थिइन् भने उनका श्रीमान तेज बास्तोला समेत सोही मन्त्रालयमा कार्यरत थिए । ३५ वर्षीय बाराका एक छोरा समेत रहेको आफ्न्तले जानकारी दिएका छन् । लापरबाही ढाकछोपका लागि अस्पतालले उपचारमा लागेको खर्च मिनाह गर्ने, २० दिन सम्म बच्चालाई अस्पतालमै राखेर रेखदेख गर्ने र २५ लाख रुपैयाँ दिने सहमति गरेको छ । मृतकका आफ्न्तले ५० लाख रुपैयाँ माग गरेकोमा २५ लाखमा सहमति भएको वार्तामा सहभागीले जानकारी दिए ।बाराको मृत्यु पछि उनका नवजात शिशुको विचल्ली भएको छ । बाराले आप्ना बृद्ध आमाबुबाको भक्तपुरको ताथली स्थित आप्नो निवासमा ल्याएर पालन पोषणगर्दै आएकी थिएन् । उनीहरुको समेत बिचल्ली भएको आफ्न्तको दुखेसो छ ।
बिना मापदण्ड र नियमन बिना यत्रतत्र खुलेका नीजि अस्पतालहरुमा विगतमा पनि यस्ता घटना हुने गरेका छन् । बिरामीको मृत्यु पछि आन्दोलन गर्ने र अन्तिममा पैसा लेनदेन गरेर सहमति गर्ने परिपाटी बिकास भएको छ । राज्यका जिम्मेवार निकायले समेत यस्ता लापरबाहीका घटनामा आँखा चिम्लिदिने, गहिरो अनुसन्धान नगर्ने र कारबाहीको दायरामा ल्याउने काम नगर्दा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । आगामी दिनमा यस्ता पिडादायी घटना दोहोरिन नदिन राज्यका निकायहरु खास गरी स्वास्थ्य मन्त्रालय, नेपाल चिकित्सक काउन्सिल लगायतका सरोकारवाला निकाय जिम्मेवार बन्न आवश्यक छ । अन्यथा यस्ता घटना बारम्बार दोहोरिने निश्चित छ ।
भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com