
काठमाडौं । नेपाली कांग्रेस पर्यटन विभागले हालैका दिनमा देशका विभिन्न हिमाली क्षेत्रमा परेको हिमपहिरोका कारण मृत्यु भएका नेपाली र विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
विभागका प्रमुख एवम् कांग्रेस केन्द्रीय सदस्य आङदोलु शेर्पाद्वारा जारी विज्ञप्तिमा हिमपहिरोमा परेका नेपाली नागरिक र विदेशी पर्यटकको उद्धार तथा बेपत्ताको खोजीका लागि नेपाल सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
विज्ञप्तिमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृत्यु भएका नेपाली नागरिकका परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ।
शेर्पाले यस कठिन परिस्थितिमा सम्भव सहयोगका लागि सबै पक्षलाई आह्वान गर्दै नेपालको पर्यटन क्षेत्र सुरक्षित र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com