
काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका प्रमुख डाक्टर राजिक आलमले आफू जनताको दैलोमा मत माग्न जाँदा गरेको पहिलो प्रतिवद्धता थियो नगरपालिकाको आफ्नै भवन बनाउने । नगरपालिकाको भवन नहुँदा सास्ती पाएका आम नागरिकले पनि राजिकलाई मत दिएर जिताए । त्यै पनि उनीहरुको मनमा चिसो भने थियो,भवन बन्छ कि बन्दैन भनेर । किनभने विगतका जनप्रतिनिधिहरुले प्रतिवद्धता अनुसार काम नगरेका प्रशस्तै उदाहरण थिए । तर राजिक भने अरु जनप्रतिनिधि जस्तो थिइनन् , उनी कुनै पनि काम अठोट लिएपछि पुरा गर्थे । आफ्नो प्रतिद्धवता परा गर्न राजिक दिनरात, चौविसै घण्टा नगरपालिकाको भवन तयार गर्न खटिए । र अन्तअँ नगरपरपालिको भव्य प्रशासकीय भवन तयार भएको छ । जुन भवनको सोमवार भव्य कार्यक्रमका बीच उद्घाटन पनि गरियो ।
नगरप्रमुख राजिक, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर र स्थानीय अन्य जनप्रतिनिधिहरु र आम नागरिकको उपस्थितिमा भवनको उदघाटन गरियो । नगरपालिकाले आफ्नै प्रशासकीय भवन नहुँदा पनि आमनागरिकको सेवा प्रवाहमा कुनै कमी हुन दिएन। अब त नगरपालिकाको आफ्नै भव्य भवन नै तयार भएपछि सेवाप्रवाह थप सहज, सरल, र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यो भवन झण्डै ६ करोडरुपैयाँको लागतमा तयार हुन भएको हो । भवनको निर्माण साह निर्माणले गरेको हो । भवन निर्माण प्रश्चात नगरवासीलाई प्रदान गरिने सेवा प्रवाह अझ छिटो, छरितो र प्रभावकारी हुने अपेक्षा नगरप्रमुख डाक्टर आलमको छ । यो भवन नगरपालिकाको प्रशासकीय भवन नभएर नगरवासीको आफ्नै घर बनाएको नगरप्रमुख आलम बताउँछन् ।
नयाँ प्रशाकीय भवनबाट छिट्टै दैनिक सेवा प्रवाह र कार्यालय सञ्चालन गरिने नगरप्रमुख आलमले जानकारी दिए । भवन उदघाटनमा उपस्थित रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भवन निर्माणसंगै नगरवासीमा प्रदान गरिने सवा पनि थप गुणस्तरीय हुने अपेक्षा छ ।
उदघाटन कार्यक्रममा उपस्थित अन्य जनप्रतिनिधिहरुले समेत नयाँ भवनबाट दैनिक सेवा प्रवाह अझै प्रभावकारी बन्ने अपेक्षा गरे । नगरप्रमुखमा निर्वाचित भएदेखि नै डाक्टर राजिक दैनिक नागरिकको सेवामासमेत खटिँदै आएका छन् । अर्को पटक निर्वाचित भएपनि नभएपनि भवन बनाउने आफ्नो प्रतिवद्धता पुरा गर्न पाएकोमा आफू सन्तुष्ट भएको आलम बताउँछन् ।
तीन तले भवनमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टा छुट्टै कार्यकक्ष तयार पारिएको छ । त्यस्तै कार्यक्रममा लागि छुट्टै सुविधा सम्पन्न हल सहित कार्यापालिकाका लागि अर्को हल पनि तयार भएको छ । न्यायिक समितिको इजलाश र अन्य शाखा तथा प्रशाखाहरु समेत रहने गरी भवन तयार भएको छ । अहिले नगरपालिकाले मासिक एक लाख रुपैयाँ भाडा तिरेर सेवा प्रवाह गरिरहेको छ ।
भिडियो

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com