काठमाडौँ । आसन्न टान निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको उम्मेदवाहरुको समूहले मतदाताहरुसंग होटल याक एण्ड यतीमा वृहत भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ । आइतबारबाट मौन अवधी सुरु हुने भएपछि शनिबार साँझ सागर पाण्डे समूहले आफ्ना मतदाताहरुसंग मतदान गर्न आग्रह गर्दै भेटघाट कार्यक्रम राखेको हो।
एक हजार भन्दा मतदाता उपस्थित भएको उक्त भेलामा पर्यटन क्षेत्रका सिद्धहस्त व्यक्तिहरु सहभागी भई सागर पाण्डे समूहको जितका लागि शुभकामना व्यक्त गरेका छन् । पूर्व पर्यटन मन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले टानको अन्तिम ढुकढुकी बचाउने हो भने सागर पाण्डे र उनको समूह जित्नुको विकल्प नरहेको उद्घोष गरेका छन् ।
उनले सागर पाण्डे समूह अत्यन्त व्यवसायीक भन्ने सुनेको तर कार्यक्रममै आएर पाण्डेको मन्तव्य सुने पछि र एजेण्डाहरु थाहा पाएपछि यो समूहलाई जिताउनै पर्ने दायित्व पर्यटन व्यवसायीहरुमा रहेको बताए ।
टान संधै राजनीतिक चौघेराको चंगुलमा फसेको पूर्वमन्त्री केसीको भनाई छ । यो पटक पनि यस्तै सिण्डीकेटधारी व्यक्तिहरुले टानमा हाली मुहाली गर्ने र टानलाई समाप्त गर्ने सम्भावना रहेको उनको भनाई छ । आफ्नो व्यवसायको रक्षाका लागि पनि व्यवसायीक समूहको जीत हुन आवश्यक छ । यस्तै अर्का पूर्व पर्यटन मन्त्री सुदन किराँतीले सागर पाण्डे समूहको जित सुनिश्चित रहेको आफूलाई आभाष भएको बताएका छन् ।
यस्तै प्रतिनिधिसभाका सदस्य राजेन्द्र बजगाइँले टानलाई जोगाउने हो भने यो पटक जसरी पनि सागर पाण्डे समूहलाई जिताउनु पर्ने आवश्यकता औँल्याए । उनले एकाध पात्रहरुले टानमा जहिल्यै पनि सिण्डीकेट लादेको र यस्ता धमिराहरुको सिण्डीकेट नभत्काए पर्वतीय पर्यटन ध्वस्त हुने चेतावनी दिएका छन् ।
यस्तै अर्का पर्यटन व्यवसायी एवं ठमेल पर्यटन एक प्रतिशत पनि शंका नगरि सागर पाण्डे र उनको समूहलाईए मदतान गरि विषय गराउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । आफूलाई तीन महिना अघि पनि ठमेल पर्यटन परिषदमा दुख दिन खोजेको तर त्यस्ता सिण्डीकेटधारीहरुलाई ठमेलबाट लखेटेर पठाएको स्मरण गर्दै अहिले पनि यस्ता पर्यटनको ठेक्का लिन खोज्ने अराजकहरुलाई टानबाट पनि लखेटेर पठाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com