कार्तिक, २३ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतसहित जनप्रतिनिधि, पर्यटन व्यवसायी र पर्यटन पत्रकारहरुको टीमले कार्तिकको पहिलो साता मुन्दुम पदयात्रा गर्यो । गाउँपालिकाको केही भागमा मुन्दुम पदमार्ग पर्दछ । गाउँपालिकाले यो पदमार्गसँग जोडेर पर्यटन प्रबद्र्धनका कामहरु गरिरहेको छ । पर्यटनलाई प्राथमिकतामा राखेका गाउँपालिका अध्यक्ष बस्नेतले पदमार्गलाई पालिकासँग जोडेर भरपुर सदुपयोग गर्दै आर्थिक उपार्जन गर्ने योजनामा छन् । त्यसकै लागि अध्यक्ष बस्नेतले गएको कार्तिक ४ गते बाट ९ गतेसम्म एउटा फार्म ट्रिपसहित मुन्दुम पदमार्गमा पदयात्राको आयोजना गरे ।
योसँगै गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि अरु थुप्रै कामहरु गरिरहेको छ । मुन्दुम पदमार्गको विकाससँगै पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले पर्यटन वर्ष पनि मनाउने योजना बनाएको छ । गाउँपालिकाले पदमार्ग पहिचान हुँदादेखि नै सक्रिय रुपमा काम गरिरहेको हो ।
सिलिचुङबाट देखिने यो दृष्यले जो कोहीको पनि मन लोभिन सक्छ । खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पूर्वीपहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभाको सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । यीनै चार जिल्लाको सिमाना जोडिने डाँडैडाडा पदयात्रा गर्दा पर्यटकहरु आनन्दित हुन्छन् । यो पदमार्ग भर्जिन पर्यटकीय गन्तब्यको रुपमा तिब्र रुपमा विकास भईरहेको छ ।
प्रारम्भिक चरणमा पदमार्गका रुपमा विकास गरिएको पदमार्गमा सूचना पार्टी, विभिन्न सङ्केत चिह्न राख्ने तथा पदमार्ग निर्माण गर्नेजस्ता कामहरू गरिएको छ । तर, यो पदमार्गमा खानेपानी, सार्वजनिक सौचालय निर्माणको काम गर्न आवस्यक देखिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । अरु पालिका, प्रदेश र संघ सरकारसँग समन्वय गरि पदमार्गलाई थप व्यवस्थित बनाउन पहल गर्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।
नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com