काठमाण्डौ, साउन ५ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे भइरहेको विषयमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ र एमाले सांसद भीम रावलले एसपीपी कार्यक्रममा सहभागी नहुने मन्त्रिपरिषद बैठकले निर्णय गरेको तर पत्र नलेखेको बताएका थिए । उनीहरुले सो कार्यक्रममा सहभागी नहुने भन्दै अमेरिकालाई पत्र लेख्न रुलिङका लागि सभामुखलाई आग्रह गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com