काठमाण्डौ, साउन १३ । नेकपा (माओवादी केन्द्र)ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएकाले माओवादीले तय गरेका पूर्व निर्धारित बैठकहरु पछिलाई सारेको हो । आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले साउनको २५ गतेपछिलाई बैठक सारेको छ ।
प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने बताए । पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ ।
अध्यक्ष प्रचण्ड आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाँदैछन् । नेपाली जन प्रगतिशील मञ्चको निम्तामा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com