काठमाण्डौं, साउन १३ । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले साउन ९ गते नै एसपीपीलाई अघि नबढाउने अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए ।
आजको संसद वैठकमा परराष्ट्रमन्त्री खड्काले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको छ । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’
मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com