काठमाण्डौ, साउन १७ । नागरिकता विधेयक खारेज गर्न माग गर्दै पाँच वटा वामपन्थी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल,नेकपा (बहुमत) का कञ्चन, नेकपा (मसाल)का सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चाका नारायण शर्माले संयुक्त रुपमा राष्ट्रपति भण्डारीलाई विधेयक खारेजीको माग गर्दै आज ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले नागरिकता विधेयकबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र अन्तिम रूप दिन संसद्मा नै फिर्ता पठाउन माग गरेका छन् । ‘हाल राष्ट्रपतिज्यू समक्ष प्रमाणीकरणका लागि भनि जुन विधेयक प्रस्तुत भइरहेको छ, त्यसले दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रवन्ध र प्रावधानसँग पनि कुनै तादम्यता राख्दैन’, ज्ञापनपत्रमा भनिएको छ, ।
यो विधेयक संसद्ले मात्र पारित गरेर नहुने भन्दै सर्वपक्षीय सहमति आवश्यक रहेको जारी ज्ञापनपत्रमा उल्लेख छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com