साउन २५ । चितवनको रामपुर कृषि क्याम्पसमा अनसरत बिद्यार्थी नेतामाथि भएको आक्रमणबारे सत्यतथ्य छानबिन गर्न नेपाल बिद्यार्थी संघ त्रिबि समितिले ध्यानाकर्षण गराएको छ । आज त्रिभुवन बिश्वविद्यालय उपकुलपतिको कार्यलयलाई समितिले ध्यानाकर्षण पत्र बुझाउँदै रामपुर कृषि क्याम्पसमा अनसरत दुईजना विद्यार्थीमाथि भएको सांघातिक आक्रमणबारे छानबिन गरि दोषिलाई कारबाही गर्न माग गरेको हो ।
विद्यार्थीमाथि आक्रमण हुनुमा क्याम्पस प्रमुखकै भूमिका रहेको उनीहरुको आरोप छ । सोही घटनाबारे छानबिन गर्न र क्याम्पस प्रमुखलाई बर्खास्त गर्न माग गर्दै नेविसंघले आज त्रिबिमा प्रदर्शन गरेको हो । यदि यस घटनालाई नजर अन्दाज गरि घटनालाई तोडमोड गर्न खोजे कडा आन्दोलनका कार्यक्रम ल्याइने नेबिसंघ नेता धर्मराज शाहीले बताए ।
यस्तै, नेबिसंघकी पुर्ब केन्द्रिय सदस्य प्रेमिका रानामगरले चितवन क्याम्पस प्रकरणका दोषीलाई कडा भन्दा कडा कारबाही नगरे यसको परिणाम गम्भीर हुने चेतावनी दिइन् ।
गएको साउन २२ गते अनसरत बिधार्थी नेता सुरज यादब र आशिष देवकोटालाई एक समूहले आक्रमण गरेको थियो । तर, चितवन प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com