काठमाडौँ, साउन २९ । नेपालीका लोकप्रीय युवा नेता भूपेन्द्रजंग शाहीले आगामी संसदीय निर्वाचनका लागि पार्टीभित्र सभापति शेरबहादुर देउवाले पक्षपात गरि फरक धारका नेताहरुलाई टिकट नदिए विद्रोह हुने चेतावनी दिएका छन् । अन्य दलसंग गठवन्धन गरेर सिट संख्या खुम्च्याउने र पार्टी भित्र पनि आफ्नो पक्षका नेताहरुलाई मात्रै टिकट दिने आशंका बढेको भन्दै नेता शाहीले त्यस्तो भए नेपाली काँग्रेसमा अकल्पनीय विद्रोह हुने चेतावनी दिएका हुन् ।
आज योहो टेलिभिजनमा अन्तरवार्ताका क्रममा युवा नेता शाहीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्तो दुर्घटना हुन नदिनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘पहिलो कुरा देश व्यापी काँग्रेसको लहर आएका बेला साना दलहरुसंग गठवन्धन गर्नु नै नोक्सान हो । गठवन्धन गरेर सिट संख्या नै खुम्चीने स्थितिमा पार्टी भित्र पनि राम्रालाई भन्दा आफ्नालाई रोज्ने काम पार्टी सभापतिबाट भयो भने हामी सहन सक्दैनौँ ।’
सस्थापन पक्षले पेलेर जाने आशंका बढेपछि शेखर कोइराला पक्षका नेताहरु संसदीय निर्वाचनको टिकटका लागि सभापति देउवासंग कसरी प्रस्तुत हुने भन्ने रणनीति तयका लागि कोइराला पक्षका नेताहरुको छलफल समेत चलिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com