काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक राजधानीको विशालनगरमा सुरु भएको छ । बैठकमा महामन्त्री गगन थापासहित उपसभापति धनराज गुरुङलगायतको सहभागिता रहेको छ । बैठकमा निम्ता गरिएका महामन्त्री विश्व प्रकाश शर्मा, नेता प्रदीप पौडेल भने सहभागी छैनन् । कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका हुन् ।
असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com