काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com