असार, २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रचण्ड पदमुक्त हुुनुभएको हो ।
बैठकमा उपस्थित २५८ मध्ये प्रचण्डको पक्षमा ६३ मत मात्र परेको छ भने विपक्षमा १ सय ९४ मत परेको छ । त्यस्तै नेमकिपाका एक सांसद तटस्थ रहेका थिए । कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमतिपछि अल्पमतमा पर्नुभएका प्रचण्डले शुुक्रबार संसदमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com