काठमाडौँ । हिम लेदोसहितको बाढिले सोलुखुम्बुको थामे गाउँमा ठूलो क्षति पुर्याएपछि उद्धार तथा व्यवस्थापनका सन्दर्भमा गृहमन्त्री रमेश लेखक र नेपाली काँग्रेस सोलुखुम्बुका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाबीच टेलिफोन संवाद भएको छ । सिंगे गाउँ बाढिका कारण ध्वस्त भएकाले तत्काल स्थानीयहरुको पुर्नवासका लागि पहल लिइदिनका लागि पनि सभापति शेर्पाले गृहमन्त्रीसंग माग गर्नुभएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत रहनुभएका शेर्पाले गृहमन्त्री लेखकसंगको टेलिफोन संवादका क्रममा उच्च हिमाली भेगमा अहिले पनि चिसो वातावरण रहेकाले न्यानो लत्ता कपडा तथा खाना तथा आवासको व्यवस्थापन गरिनु पर्ने गृहमन्त्री लेखकलाई शेर्पाले सुझाव दिनुभएको छ । बाढिले क्षति पुर्याएको क्षेत्र खुम्बुपासाङल्हमु गाउँपालिका ५ मा पर्दछ ।
संवादको क्रममा मन्त्री लेखकले मौसममा सुधार भए शनिबार आफैँ उक्त क्षेत्रको निरिक्षणमा जाने बताउनुभएको सभापति शेर्पाको भनाई छ । तथापी तत्काल उद्धार तथा राहतका लागि स्थानीय प्रशासन, नेपाली सेना लगायतलाई निर्देशन दिइसकेको मन्त्री लेखकको भनाई छ ।
सामुन्द्रीक सतहबाट ३८ सय मिटरको उचाईमा रहेको थामे गाउँ आफैँमा सुन्दर पर्यटकीय गाउँ हो । बाढिका कारण महंगा होटल तथा लजहरु क्षतविक्षत भएपछि यस गाउँ पुन निर्माणमा ठूलो धनराशी खर्च हुने देखिन्छ । थामे गाउँ पुरेर तल्लो क्षेत्रमा बगेको बाढि दुधकोशी नदीमा मिसिँदै अहिले तल्लो तटीय क्षेत्रमा ठूलो आवाज सहित बाढी आइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com