कार्तिक, ११ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताउनुभएको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री लेखकले भ्रष्टाचारलाई पुर्ण रुपमा निर्मूल पार्न वर्तमान सरकार क्रियाशिल रहेको भन्दै यसमा शून्य सहनशिलताको नीति अपनाउने स्पष्ट पार्नुभएको हो ।
भ्रष्टाचार, ठगी वा अरु अपराधजन्य घटनामा आरोपित सवैमाथि अनुसन्धान हुने स्पष्ट पार्दे उहाले अनुसन्धानमा काखापाखा नहुने बताउनुभयो । उहाले सत्तापक्ष वा प्रतिपक्षीका आधारमा अनुसन्धानमा प्रभाव पार्ने कुनै काम सरकारको तर्फबाट नहुने धारणा राख्नुभयो । कानूनको परिधिभन्दा बाहिर गएर प्रतिशोध साध्ने र दुख दिने काम सरकारले नगर्ने उहाको भनाइ छ । मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com