कार्तिक, २३ । नेपाली कांग्रेसका युवा नेताहरुले आजदेखि मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सुरु गरेका छन् । यात्रा झापाको मेचीनगरबाट सुरु भएको हो । आज मेचीनगरमा काग्रेसका युवा नेताहरुले एक सभाको आयोजना गरि युवाका मुद्यामा बहस गरेका छन् । नेपाली कांग्रेस झापाका सभापति देउमान थेबे, मेचिनगर क्षेत्रीय सभापति इन्द्र बुढाथोकि र नगरसभापति सुदेस पनेरु लगायत पार्टिका भातृसंस्था लगायत बिभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।
यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुने अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए । यात्राका लागि मूख्यतः तराइका जिल्लालाई छनोट गरिएको छ ।
संकल्प यात्राको टोलीले २३ जिल्लामा छलफल र अन्तक्र्रिया गर्नेछ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा छलफल र अन्तर्क्रिरया गर्ने भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएका जिल्लामा छलफल गर्ने गरी स्थानहरु तोकिएको नेता शाहीले जानकारी दिए ।
मेची–महाकाली ‘युवा संकल्प यात्रा’ मा भूपेन्द्रजङ शाही, रञ्जित कर्ण, धर्मेन्द्र नेम्वाङ, प्रेमिका रानामगर, नरेश यादव, सेख ओकिल, मेदनी सिटौला, चन्द्रादेवी जोशी, राधिका हमाल, उदिराम खड्का, लेलिया विश्वकर्मा, सुनिल थापा, विनोद खनाल लगायतको सहभागिता छ ।
यात्रा मूलतः युवाका मुद्धामा केन्द्रित हुने जानकारी गराइएको छ । यात्राको उद्देश्यमा लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मुलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्द्धन लगायत राखिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com