मंसिर, २२ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले प्रयाप्त ध्यान पुराउन नसकेको बताउनुभएको छ । चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआइका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको बताउनुभएको हो ।
उहाले बीआरआई फ्रेमवकमा हस्ताक्षर गर्नैपर्ने भएपनि त्यसअघि सरकारले नाटक देखाएको टिप्पणी गर्नुभयो । खनालले अन्ततः बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गर्नुभयो ।
छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरुसंग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने उहाले बताउनुभयो । उहाले बीआरआई नेपालको हितमा रहेको दोहराउनुभयो । खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारावहनका बिषयमा सरकारले चीनसंग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com