काठमाण्डौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशिल बनाउने निर्णय गरेका छन् । शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई दलका नेताहरुबीचको छलफलले समाजवादी मोर्चालाई क्रियाशिल बनाउने निर्णय गरेको हो ।
मोर्चालाई क्रियाशिल बनाउन आगामी माघ २ गते समाजवादी मोर्चामा रहेका चार दलको बैठक बस्ने निर्णय भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो । उहाले मोर्चालाई सक्रिय बनाउने बिषयमा नै दलहरुबीच निरन्तर छलफल भएको बताउनुभयो । प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक भएकाले धरै दिन नटिक्ने टिप्पणी गर्नुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माघ २ गते बैठक बसेर मोर्चालाई क्रियाशिल बनाउने र अन्य दललाई पनि मोर्चामा आवद्ध गर्दै लैजाने जानकारी दिनुभयो । संविधान संशोधनका बिषयमा आफ्नो पार्टीले पनि कार्यदल बनाएको भन्दै संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।
अध्यक्ष नेपालले २०८७ सालमा संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति सत्ता नछाड्ने दाउ हो कि भन्दै कटाक्ष गर्नुभयो । उहाले देशको आवश्यकताका आधारमा संविधान संशोधन गर्ने कुरामा पछि हट्न नहुने बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com