काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाले सोमबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको भन्दै अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताउनुभएको हो ।
उहाले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई सहि दिशा दिनका लागि सरकारले गरेका गलत कामहरुलाई बाहिर ल्याउन जरुरी रहेको बताउनुभयो । कोइरालाले सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको जिकिर गर्नुभयो । उहाले दुई तिहाईको बलमा कांग्रेस–एमालेमात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगाएतका दलसंगको सहमतिका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाले कांग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राख्नुभयो ।
कोइरालाले राजनीतिमा सहकार्यका साथ अघि बढ्न गिरिजाप्रसाद कोइरालाको भूमिकालाई स्मरण गर्नुपर्ने बताउनुभयो । त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरि आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताउनुभयो । संघीय सांसद, प्रदेश सांसद, मन्त्रीमण्डलको संख्या घटाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
उहाले अहिलको अवस्थामा गिरिजाप्रसाद कोइरालाबाट सिक्ने कुरा धेरै रहेको बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com