काठमाडौँ । रन्जीत कर्णको अध्यक्षतामा रहेको नेपाल विद्यार्थी संघको तात्कालिन कार्य समितिका सदस्यहरुको बृहत भेटघाट तथा पुनर्मिलन कार्यक्रम आयोजना गरिएको छ । वि.स.२०६८ देखि ०७३ सम्म रहेका कार्य समितिका एक सय एक्काइस जना नेताहरुको भेला आयोजना गरिएको हो । नेताहरुमा पुर्नताजकीकरणका लागि भक्तपुरको नगरकोटमा कार्यक्रम राखिएको तात्कालिन नेविसंघ अध्यक्ष एवं संविधानसभा सदस्य रन्जीत कर्णले जानकारी दिएका छन् ।
फागुन ९ र १० गतेका लागि आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठोर, स्वास्थ्यमन्त्री समेत रहेका काँग्रेस नेता प्रदिप पौडेल गोविन्द भट्टराई लगायतका नेताहरु सहभागी हुँदेछन् । काँग्रेसमा आगामी महाधिवेशनको चर्चा बढ्दै गइरहेको सन्दर्भमा नेता कर्णले पनि आफ्नो क्रियाशिलता बढाएका हुन् । उनले महाधिवेशन लक्षित पार्टीभित्र विचार विमर्श र पार्टीको गतिशिलतालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि बढाएको बताएका छन् ।
नेविसंघमा ५ वर्ष नेतृत्व लिएका कर्णले नेविसंघलाई एक ढिक्का बनाउन निर्णायक योगदान पुर्याएका थिए । उनको कार्यकालमा नेविसंघको संगठन सुदृढीकरणमा व्यापक सुधार आएको बताइन्छ । उक्त कार्यकालका नेताहरु अहिले पार्टीको विभिन्न जिम्मेवार क्षेत्रमा क्रियाशिल रहेकाले थप विचार मन्थन गर्दै आगामी पार्टी महाधिवेशनका लागि धारणा तयार पार्न नेताहरुको भेला बोलाइएको नेता कर्णको भनाई छ । उनले भने, ‘अहिले पार्टीमा युवा नेताहरुको सक्रियतामा ह्रास आएकाले हामीले पुन जागरण भर्न प्रयास गरेका हौँ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com