काठमाण्डौ । कुलमान घिसिङलाई पदबाट हटाएको बिषयमा बिपक्षी दलको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित भएको छ । बिहीबार बसेको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरुले अवरोध गरेपछि बैठक स्थगित भएको हो । बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा सदस्य बेदुराम भुसाललाई बोल्न समय दिनुभएको थियो । भुसालले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने मागको सुनुवाई नभएकाले विरोध गर्नुपरेको बताउनुभयो । कुलमानलाई हटाउने निर्णय मन्त्रीपरिषद्को भएकाले प्रधानमन्त्रीले नै यस बिषयमा जवाफ दिनुपर्ने उहाको भनाइ छ । उहाले संसद्मा उठेको विषयलाई प्रधानमन्त्रीले गम्भिर रुपमा नलिएको आरोप लगाउनुभयो ।
बिपक्षी दलले अवरोध गरेपछि राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले बोल्न पाउनुपर्ने माग गर्नुभयो । त्यसपछि बोल्नका लागि समय पाउनुभएका सिटौलाले सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित गर्न राष्ट्रिय सभाका सवै सदस्य गम्भीर हुनुपर्ने बताउनुभयो । उहाले बिपक्षी दलले विधेयकलाई पारित गर्ने समय क्रस गर्न खाजेको देखिएको जिकिर गर्नुभयो । राष्ट्रियसभा अध्यक्ष दाहालले विधेयक अघि बढाउनुपर्ने भएकाले बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर बिपक्षी दलले विरोध कायमै राखेपछि उहाले एक घण्टाका लागि बैठक स्थगित गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com