काठमाण्डौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र आन्तरिक समिक्षाको जरुरी रहेको बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले मंगलबार चितवनमा आयोजना गरेको ३५ औं जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले काँग्रेस भित्रको समिक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताउनुभयो । उहाँले सरकारले गरेका काम कारवाहीका कारण जनता आक्रोसित भएको समेत बताउनुभयो ।
अहिले दिनहुँ जनता सडकमा आउनु पर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकारमा भएको अनुभुती हुने उहाँको भनाई थियो । जनताको आक्रोशलाई सामान्य लिन नहुने उहाँले बताउनुभयो । कोइरालाले वर्तमान सरकार गठनका समयमा दुईदलबीच भएको सहमति कार्यान्वयन हुन नसकेको जिकिर गर्नुभयो । कार्यक्रममा अन्य कांग्रेस नेताहरुले जनतालाई बलियो वनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com