काठमाडौँ —सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिका–२ नम्बर वडा क्षेत्र भित्र निर्माण गरिएको बलेफी हाइड्रोपावर आयोजनामा अनियमितता भएको आशंका जनाउँदै जुगल गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा उजुरी दिएको छ ।
२०७९ सालमा जुगल गाउँपालिका वडा नम्बर २ मा बलेफी हाइड्रोपावर (३६ मेगावाट) नामक कम्पनीमार्फत निर्माण सम्पन्न गरिएको आयोजनामा स्थानीय स्रोतको प्रयोग, सरोकारवाला निकायको स्वीकृति तथा अनुमति नलिइकन निर्माण कार्य गरिएको जनाइएको छ । गाउँपालिकाको अनुसार आयोजनाको निर्माण प्रक्रिया तथा सञ्चालनमा नियमन र समन्वय अभाव देखिएको छ । स्थानीय श्रोत साधन (ढुंगा गिटी बालुवा) उपयोग गरेको तर गाउँपालिका कार्याविधि २०८० को दफा १२ बमोजिम सुचिकृत हुन नआएको गाउँपालिकाको दावी छ । साथै हालसम्म राजस्व तिरेको भए त्यसको रसिद प्रमाण र कागजात गाउँपालिकामा बुझाउन पटक पटक अनुरोध गरेको तर अटेरी गरेको हुँदा राजस्व छली भएको गम्भीर शंका पैदा भएको गाउँपालिकाको उजुरीमा उल्लेख छ ।
गाउँपालिकाले यसबारे थप छानबिनका लागि अख्तियारलाई पत्र पठाउँदै उच्चस्तरीय अनुसन्धान गर्न अनुरोध गरेको छ । गाउँपालिकाको २०८२ असार ८ गते बसेको गाउँ कार्य पालिकाको बैठकको निर्णयका आधारमा पत्राचार गरिएको अध्यक्ष रेशम स्याङबोले जानकारी दिएका छन् । जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोद्धारा हस्ताक्षरित उक्त पत्रमा आयोजनाको वैधानिक प्रक्रिया, पर्यावरणीय प्रभाव मूल्यांकन र स्थानीय सरोकारवालाको सहभागिता नहुँदा स्थानीयस्तरमा समस्या सिर्जना भएको जनाइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com